सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश सञ्चार गृहमा आक्रमण गर्नेमा अनेरास्ववियुका कार्यकर्ता पनि संलग्न

२०७७ भदौ ३०, ०२:१५ खबर संवाददाता

धनगढीः दिनेश सञ्चार गृहमाथिको आक्रमणमा सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुका कार्यकर्ता समेत संलग्न रहेको खुलेको छ।

गत २६ गते दिउँसो सञ्चार गृहमा पुगेर पत्रकारमाथि कुटपिट गर्ने धनगढी उपमहानगरपालिका ५ जाईका प्रमोद खड्का र कुबेर खड्का अनेरास्ववियुका कार्यकर्ता रहेको खुलेको छ।

तर उनीहरुलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन्। 

उनीहरु दुवै जना अनेरास्ववियु  कैलालीका जिल्ला सदस्य हुन्। अनेरास्ववियुले भने दुवै जनाको संलग्नतामा संगठनको कुनै भूमिका नरहेको जनाएको छ।

अनेरास्ववियु कैलालीका संयोजक कुमार बडैलाले उनीहरु दुवैजना जिल्ला कमिटि सदस्य भएपनि आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नु निन्दनीय भएको बताए।

उनीहरुको संलग्नतामा संगठनको कुनै भूमिका नरहेको बताउँदै कानून अनुसार कारवाही गरिनुपर्नेमा जोड दिए।

बडैलाले सञ्चार गृहमाथि आक्रमण गर्ने जिल्ला सदस्यद्धय खड्कालाई सांगठानिक कारवाहीका लागि पनि छलफल भईरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस