सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुण्यतिथीमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

२०७७ भदौ ३०, ०८:५६ खबर संवाददाता

धनगढीका ५ जनाले संयुक्त रुपमा पुण्यतिथीमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन्।

स्वर्गिय पृतिहरुको पुण्यतिथीको सम्झनामा निशा श्रेष्ठ, चन्द्रा बोगटी, दिक्षा नाथ, पिँकी भट्ट र किरण श्रेष्ठले सामुहिक रुपमा धनगढी उपमहानगरपालिका ५ तारानगरमा रहेको मानवसेवा आश्रमलाई खाद्यान सहयोग गरेका हुन्।

आश्रमको सेवा कार्यलाई थप सरल एवम् सहज बनाउन उनीहरुले आश्रममै पुगेर ६ हजार ५ सय बराबरको खाद्यान समाग्रि सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ।

कमेन्ट लोड गर्नुस