कैलालीको अत्तरियामा बर्षा
धनगढी– कैलालीको अत्तरियामा बर्षा भईरहेको छ। आज बिहानैदेखि अत्तरिया र आसपासको क्षेत्रमा बर्षा भईरहेको हो।
आज दिउँसो देशभर बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।