सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चोरी मुद्धामा फरार भएका तीन जना पक्राउ

२०७७ भदौ २९, ०५:१८ खबर संवाददाता

धनगढी: शुक्रबार साझ कैलाली प्रहरीले चोरी मुद्धाका फरार तीन जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका –४ का १८ वर्षीय निराजन चौधरी, १८ वर्षीय दिपेन्द्र चौधरी र २० वर्षीय रविन चौधरी रहेको प्रहरीले जनाएको छ।

घोडाघोडीकै वडा नम्बर ५ डोकेबजारबाट पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले दोषी ठहर्याइ सजाए सुनाइसकेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।  उनका अनुसार निराजनलाई  एक लाख ५४ हजार, दिपेन्दलाई ७७ हजार, रविनलाई ७७ हजार जरिवाना र एक महिना कैद सुनाइएको थियो।

पक्राउ परेका सबै दोषीलाई कारवाहीका लागि आइतबार जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस