सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अबैध मदिरा नष्ट

२०७७ भदौ २९, १२:३८

अछाम–अछाममा न्युन गुणस्तरको अबैध मदिरा नष्ट गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन प्रयोग हुने ६० लिटर कच्चापदार्थ र २ सय ६७ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी भैरवस्थानबाट खटिएको गस्ती टोलीले तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली बस्ने दुर्गा धमला र कृष्ण बिष्टको घरमा लुकाईछिपाई राखेको अवस्थामा अवैध मदिरा बरामद गरेको थियो।

 

 

यस्तै प्रहरी चौकी साँफेबजार अछामबाट खटिएको गस्ती टोलीले साँफेबगर नगरपालिका ३ बस्ने हर्क बहादुर बुढाको घरबाट घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको थियो।

यस्तै ईलाका प्रहरी कार्यालय घुघुरकोट अछामबाट खटिएको गस्ती टोलीले साँफेबगर नगरपालिका १० बस्ने मदन खड्काको पसलबाट अवैध मदिरा बरामद गरेको थियो।

कमेन्ट लोड गर्नुस