सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एउटै टोलका १८ जनामा देखियो कोरोना

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ २८, ०६:५६ खबर संवाददाता

धनगढी:  कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा धनगढी उप–महानगरपालिकामा एउटै टोलका १८ जनामा संक्रमण पुष्टि भएको छ। उप–महानगरपालिकाको वडा नम्वर १ नैनादेवी टोलीका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रदेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।

‘सोही टोलका नौँ जनामा यसअघि नै संक्रमण पुष्टि भएको थियो,’ उनले भने, ‘उनीहरुको सम्पर्कमा आएका ९३ जनाको स्वाब संकलन गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको छ।’

यसअघि सोही टोलका अटो रिक्सा चालकसहित नौँ जनामा संक्रमण देखिएको थियो।

कमेन्ट लोड गर्नुस