सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा नगरप्रमुख ओझाद्वारा राहत वितरण

२०७७ भदौ २८, ०४:४२ खबर संवाददाता

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझा(विपिन)ले  जन्मदिनको अवसरमा राहत वितरण गरेका छन्। आफ्नो ४०औँ जन्मउत्सवको अवसरमा उनले ‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाएका १० जनालाई राहत वितरण गरेका छन्।

उनले ती सबैलाई प्रतिव्यक्ति ४० किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक किलो चिनी र चियापत्ती वितरण गरेका हुन। त्यस्तै उनले उग्रतारा मन्दिर विद्या देव आश्रममा रहेका बटुकहरुलाई समेत फलफुल वितरण गरेका थिए।

नगरप्रमुख ओझाले जन्मदिनको अवसर पारेर विगतदेखि नै विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएकाछन्। 
 

कमेन्ट लोड गर्नुस