दिनेश खबरको स्टिकर टाँसिएको मोटरसाइलकमा सवार युवक धनगढीमा कुटिए(भिडियो)
धनगढी: दिनेश खबरको लोगोसहितको स्टिकर लगाएको मोटरसाइलकमा सवार एक युवकमाथि धनगढीमा कुटपिट भएको छ। दिनेश मर्कन्टाइल प्रालिमा कार्यरत नरेन्द्र अवस्थीमाथि धनगढीको जाईमा कुटपिट भएको हो।
‘मोटरसाइलकमा मट्यारी जाँदै थिए। एक्कासी तीन जना युवाले मोटरसाइकल रोक्न लगाए’ अवस्थीले भने, ‘दुई जनाले कुटपिट गरे भने एक जनाले ज्यान मार्ने धम्की दिए।’
दिनेश खवरको स्टिकर लगाएको मोटरसाईकलमा सवार भएकाले दिनेश खबरकै कर्मचारी सम्झिएर कुटपिट गरेको उनले बताए। अबदेखि यस्तै समाचार लेखे ज्यान मार्ने धम्की समेत दिएको अवस्थीले बताए।
दिनेश खबरको प्रमोसनका लागि दिनेश ग्रुपमा आवद्ध कर्मचारीलाई दुई वर्ष अगाडि स्टिकर दिइएको थियो।
शुक्रवार दिनेश खबरमै पुगेका थुनुवा कक्षमा मृत भेटिएका युवकका दाई रवि विकले भने कुटपिटमा आफ्नो संलग्नता नरहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले कुटपिटमा संलग्नको खोजी भइरहेको बताए।
शुक्रवार पनि जाईबाट आएका १५/२० जनाले दिनेश सञ्चार गृहको कार्यालयमै पुगेर सह सम्पादक जनक विष्टमाथि कुटपिट गरेका थिए भने स्टेशन म्यानेजर अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमै मृत भेटिएका युवकको समाचार गलत लेखेको भन्दै आक्रमण गरिएको थियो। उनीहरुले आत्महत्या नभएर हत्या भएको र दिनेश खवरले गलत समाचार लेखेको आरोप लगाएका थिए।
उनीहरुका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि अहिलेसम्म पक्राउ गरिएको छैन्।