सञ्चारगृहमाथि आक्रमण गर्नेलाई कारवाही गर्न हेल्प फर ह्याप्पीनेसको माग
धनगढीः हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले पनि दिनेश सञ्चार गृह एवं पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
समाचार प्रकाशनको विषयलाई लिएर शुक्रबार दिनेश सञ्चार गृहमा प्रवेश गरी गालीगलौज र कुटपिट गरेको घटनाप्रती ध्यानाकर्षण भएको जनाएको हो।
ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले विज्ञप्ती जारी गर्दै कोरोना महामारीका बेला समेत आम नागरिकलाई सुसुचित गर्न अहोरात्र खटिएका पत्रकारमाथि हमला गर्नु निन्दनीय कार्य भएको भन्दै दोषीलाई कारवाहीको माग गरेको छ।
सञ्चार गृह भित्रै कुटपिटमा परेका पत्रकार जनकसिह विष्ट हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका सदस्य समेत हुन्।