सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारगृहमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनमोर्चाको माग

२०७७ भदौ २७, ०३:०७ खबर संवाददाता

धनगढी: राष्ट्रिय जनमोर्चा नेपालले सञ्चार गृह एवं पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।

समाचार प्रकाशनको विषयलाई लिएर शुक्रबार दिउँसो १५/२० जनाको हुलले दिनेश खबरका पत्रकारमाथि गरेको आक्रमणको घोर भत्र्सना गर्दै  जनमोर्चाले दोषीलाई आवश्यक कारबाही गर्न माग गरेको छ। 

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका इन्चार्ज मनोज भट्टले एक प्रेस नोट जारी गर्दै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन्।                                                                                                     

कमेन्ट लोड गर्नुस