सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो रिक्सा चालकसहित एउटै घरमा बस्ने ९ जना मजदुरमा कोरोना पुष्टि

२०७७ भदौ २५, ०७:०१ खबर संवाददाता

धनगढी: धनगढीमा अटो रिक्सा चालकसहित एउटै घरमा बस्ने नौँ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

धनगढी उप महानगरपालिका वडा नम्वर १ मा बस्दै आएका रिक्सा चालकसहित परिवारका चार जना सदस्य र उनले बस्दै आएको घरमा डेरा गरी बस्ने थप पाँच जना गरी नौँ जनामा संक्रमण पुष्टि भएको उप महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। अन्य ८ जना भने राज मिस्त्री हुन्।

उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी भईरहेको स्वास्थ्य शाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस