थप १२४६ जनामा कोरोना पुुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो
धनगढी: नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३५ हजार ७०० उपचारपछि निको भएका छन्।