सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्राउन सुगरसहित युवक पक्राउ

२०७७ भदौ २४, ०६:३२ खबर संवाददाता

धनगढी: बुधबार कैलाली प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपमहानगरपालिका –८ क्याम्पस चोक बस्ने अभिषेक गौतम रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले विशेष सूचनाका आधारमा उनको सुत्ने कोठाबाट २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो।

पक्राउ परेका गौतममाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। 

कमेन्ट लोड गर्नुस