सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीपी जयन्तीको अवसरमा कांग्रेस कैलालीद्वारा महिला स्वास्थ्य स्वंसेविकाहरुलाई मास्क वितरण

२०७७ भदौ २४, ०५:०६ खबर संवाददाता

धनगढी: महामानव विश्वेश्वरप्रसाद कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस कैलालीले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ‘एन नाईनटिन’ मास्क वितरण गरेको छ।

कोरोना महामारीको जोखिमका कारण औपचारिक कार्यक्रम गर्न नसकिने भएकाले नेपाली कांग्रेस कैलालीले धनगढी उप–महानगरपालिकामा रहेका २ सय १४ जना महिला स्वास्थ्य स्वसं सेविकाहरुलाई मास्क वितरण गरेको पार्टी समापती नरनारायण शाह ‘मनु’ ले बताए। उनले भने, ‘यसले जोखिमका बिच काम गरिरहेका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई थोरै भएपनि राहत पुग्ने छ।’ साथै उनले अप्ठेरोमा परेकाहरुलाई स्वस्थ्यका मापदण्डहरु पुरा गर्दै सहयोग गर्न सबै नेता तथा कार्यकर्ताहरुलाई अनुरोधगरेका छन्। 

यसैबिच पार्टी सभापती शाहले बीपी बाबुले प्रजातन्त्र प्राप्तीका लागि खेलेको भूमिका स्मरण गराएका थिए। ‘बिपीले १९९७ सालको राणाबिरोधी आन्दोलन र प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहे’ पार्टी सभापती शाहले भने, ‘ विसं २०१५ सालमा गरिब जनतालाई नै सार्वभौम बनाउने अभियान सहित नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे।’  

‘बीपीको विचारबाट सशंकित भई राजा महेन्द्रले विसं २०१७ सालमा बिपीलाई पदच्युत गराई नेपालमा पञ्चायत बहाली थिए’ उनले भने,  बिपी कोइराला न राजासँग डराए न पञ्चायत तर निरन्तर जनताको पक्षमा वकालत गरिरहे।’
बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते (शैल्यकृयाबाट) वनारसमा भएको थियो। 
  
 

कमेन्ट लोड गर्नुस