जन्मदिनको अवसरमा होटल आस्थाका संचालक चन्दद्वारा मानव सेवा आश्रमलाई सहयोग
धनगढी : जन्मदिनको अवसरमा धनगढीमा रहेको होटल आस्थाका संचालक धर्मेन्द्र चन्दले मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिका –५ तारानगर निवासी चन्दले आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन।
उनले आश्रममा सहारा लिइरहेका बेसाहराहरुका लागि २ कट्ठा चामल र १ कट्ठा दाल र ६ प्याकेट तेल सहयोग गरेको आश्रमले जनाएको छ। साथै उनले प्रत्येक महिना एक कट्ठा चामल सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।