सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीपी जयन्तीको अवसरमा कांग्रेस डडेल्धुराद्वारा विपन्न परिवारलाई सहयोग

२०७७ भदौ २४, ०३:४५ खबर संवाददाता

धनगढी : नेपाली कांग्रेस डडेल्धुराले नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७औँ जन्मजयन्ती मनाएको छ। नेपाली कांग्रेसका संस्थापक समेत रहेका कोइरालाको जन्मजयन्तीको अवसरमा कांगेसले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। 

कांग्रेसद्वारा संचालीत एनडिप्रकाश चटौत आपतकालिन चुलोले अमरगढी नगरपालिकाका तीन विपन्न परिवारलाई खाद्यान्न बाँडेको छ। नगरपालिकाको वडा नम्बर ९ चमाल्लेकका यसोदा तिरुवा, हरुदेवी दमाई र तुलीदेवी दमाईलाई २०/२० किलोका दरले चामल सहयोग गरेको नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले बताए। 

पार्टी कार्यालय किसुनजी भवनमा आयोजित कार्यक्रममा कार्यवाहक सभापति करुणाकर भट्टले तीनै जनालाई खाद्यान्न हस्तान्तरण गरेको कार्यालय सचिव विष्टले बताए। 

 

कमेन्ट लोड गर्नुस