थप ९०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८,१३८ पुग्यो
धनगढी: नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ।
मंगलबार काठमाडौंमा १०१, ललितपुरमा २१ र भक्तपुरमा २६ संक्रमित थपिएका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमितमध्ये ३०६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो।