सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा मालपोतका पूर्व खरिदार पक्राउ

२०७७ भदौ २३, ०७:५० खबर संवाददाता

धनगढी– कैलालीमा सरकारी छाप दस्तखत किर्ते मुद्दाका एक जना फरार दोषी पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरापालिका वडा नम्वर ३ बस्ने ६३ बर्षीय ईश्वरी प्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहालसहित दुई जनाले नेपाल सरकारका नाममा रहेको बर्दिया जिल्लाका बिभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाई बिभिन्न मानिसहरुबाट आर्थिक लाभ समेत लिई किर्ते लालपुर्जा बनाएका दिएका थिए। 

सोही मुद्धामा जिल्ला अदालत बर्दियाको २०७३ साल सिर ३० गतेको फैसलाले उनलाई ३ बर्ष ५ महिला कैद सजाय सुनाएको थियो। तर उनी फरार रहेका थिए। उनलाई आवश्यक कार्वाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस