सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक महिनामा ३० जना स्क्रब टाइफसका बिरामी फेला

२०७७ भदौ २२, ०३:४४ खबर संवाददाता

डोटी: डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी फेला परेका छन्। गत साउन २० गतेदेखि भदौ २० गतेसम्मको तथ्यांक अनुसार ३० जना बिरामी फेला परेका हुन। 

ती मध्ये केहि जटिल लक्षण भएका बिरामी भेटिएकाले जिल्लाबाहिर रेफर गरिएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रमोद भट्टले बताए। स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। 

कमेन्ट लोड गर्नुस