डडेल्धुरामा थप १२ जनामा कोरोना पुष्टि
धनगढीः डडेल्धुरा प्रयोगशालामा आज सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले आज बझाङका १० र डडेल्धुराका दुई गरी १२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार बझाङको बुङ्गल नगरपालिकाका १० र डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा संक्रमण देखिएको हो।
उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ।