सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकामा एकै परिवारका ६ जनासहित १२ जनामा संक्रमण

२०७७ भदौ २०, ०५:४५ खबर संवाददाता

धनगढी–कैलालीको गोदावरी नगरपालिकामा शनिवार एकै परिवाकार ६ सहित १२ जनामा कोरोना स.क्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टी भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिरबहादुर कुँवरले जानकारी दिए। संक्रमित मध्ये गोदावरी नगरपालिका वडा नम्वर १ का एकै परिवार का ६ जना रहेका छन्।

वडा नम्वर १ कै थप तीन जनामा पनि संक्रमण पुष्टि भएको छ। वडा नम्वर २ का दुई जना र वडा नम्वर १० का एक जनामा संक्रमण पुष्टि कुँवरले जानकारी दिए।

संक्रमित मध्ये एक जना जनप्रतिनिधि पनि रहेका छन्।

कमेन्ट लोड गर्नुस