धनगढीमा शनिवार थपिए १२ जना संक्रमित
धनगढी– धनगढी उप–महानगरपालिकाका थप १२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालम भएको परीक्षणमा शनिवार थप १२ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का एक महिला र तीन पुरुष गरी चार जना, वडा नम्वर ३ का दुई महिला र दुई पुरुष गरी चार जना, धनगढीको वडा नखुलेका एक महिला र दुई पुरुष गरी तीन जना र वडा नम्वर ७ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
योसंगै धनगढीमा संक्रमितको संख्या दुई सय ९८ पुगेको छ। उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ। धनगढीका चार वटा वडामा मात्रै संक्रमितको संख्या आधा भन्दा बढि छ। सबैभन्दा बढि वडा नम्वर ५ मा ५० जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर १२ मा ३८ जना, वडा नम्वर १ मा ३२ जना र वडा नम्वर १४ मा २५ जनामा संक्रमण देखिएको छ।
यस्तै वडा नम्बर २ मा नौँ जना, वडा नम्वर ३ मा २६ जना, वडा नम्वर ४ मा १८ जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर ६ मा सात जना, वडा नम्वर ७ मा १३ जना, वडा नम्वर ८ मा ६ जना, वडा नम्वर ९ मा नौँ जना, वडा नम्वर १० मा तीन जना र वडा नम्वर ११ मा ८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै वडा नम्वर १३ मा चार जना, वडा नम्वर १५ मा सात जना, वडा नम्वर १६ मा तीन जना, वडा नम्वर १७ मा एक जना, वडा नम्वर १८ मा १८ जना र वडा नम्वर १९ मा सात जनामा संक्रमण पुष्टि भएको छ। तीन जनाको भने वडा खुलेको छैन्।