सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा नवजात शिशु उपचार केन्द्रको स्तरबृद्धी (फोटो फिचर)

२०७७ भदौ २०, ०३:५१ खबर संवाददाता

धनगढी– सेती प्रादेशिक अस्पतालमा नवजात शिशु स्याहार तथा उपचार केन्द्र (एनआइसियू) को स्तरबृद्धि गरिएको छ। एनआइसियू वार्डमा सुविधा र उपकरण थप गर्दै स्तरबृद्धि गरिएको हो।

विशेषगरी महिना नपुगी जन्मेका तथा सघन उपचार आवश्यक पर्ने गम्भीर अवस्थाका नवजात शिशुलाई लक्षित सेवा स्तरबृद्धि गरिएको हो। वार्डमा ८ शैया राखिएको छ। 

अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जन्मिएदेखि २८ दिनसम्मको शिशुको अस्पतालले एनआइसियूमा निशुल्क उपचार गर्दै आएको बताए। नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अनु्सार शिशुको निशुल्क उपचार हुँदै आएको हो। 

कमेन्ट लोड गर्नुस