सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अरिङ्गालले टोक्दा बालिकाको मृत्यु

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ भदौ २०, ०२:२५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ।

अरिङ्गालले टोक्दा जिल्लाको आलिताल गाउँपालिक –३ मा ज्ञानेन्द्र धामीकी साढे तीन वर्षकी छोरी नविना धामीको मृत्यु भएको उनका आफन्त रघुवीर धामीले बताए।

अरिङ्गालले टोकेर बिरामी भएकी बालिकालाई उपचारका लागि लग्दै गर्दा शनिबार बिहान मृत्यु हो। बालिकालाई करिब २० –३० वटा अरिङ्गालले टोकेको आफन्त रघुवीरले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस