छाडा पशुको व्यवस्थापन सुरु
२०७५ साउन १९, ११:३०
बैतडीको पाटन नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन गर्न थालेको छ । छाडा पशुचौपायाका कारण पाटन बजार दुर्गन्धित हुन थालेपछि नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनको काम शुरु गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो । पाटन नगरपालिकाले छाडा पशुचौपायलाई व्यवस्थापन गर्नका लागि तेश्रो पक्षसंग सम्झौता गरेर जिल्ला बाहिर पठाएको नगरप्रमुख चन्दले बताउनुभयो । बजारमा छोडिएका छाडा पशुचौपाया संकलन गरेर ४२ ओटा पशुचौपायालाई शुक्रबार जिल्ला बाहिर पठाइएको नगरपालिकाले जनाएको छ ।
कमेन्ट लोड गर्नुस