कोरोनाबाट थप एक महिलाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा लगिएको थियो।
बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो। पछिल्लो पटक श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको अस्पतालले जनाएको छ।