सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

२०७७ भदौ १९, ०५:०३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा थप एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

दार्चुलाको मार्मा गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड–१९ सम्पर्क व्यक्ति बिरेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मार्मा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। 

कमेन्ट लोड गर्नुस