सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविहिन

२०७७ भदौ १९, ०४:२३ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिकामा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको एक वर्ष भएको छ। एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीयलाई उपचार सेवा पाउन समस्या भएको छ। 

लकडाउनका बेला यातायात सेवा बन्द हुँदा आकस्मिक बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालमा लग्न निकै सास्ती भएको छ। महंगोमा एम्बुलेन्स बुकिङ गरेर सुविधा सम्पन्न अस्पतालहरुमा पुग्नुपरिरहेको स्थानीयहरुले बताएका छन्। 

स्वास्थ्य केन्द्रमा हातखुट्टा भाचिँएका धेरै बिरामी आउनले गरेको तर डाक्टर नहुँदा उनीहरुलाई रेफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।

स्थापना भएको १६ वर्षपछि डाक्टर पाएको प्राथमिक स्वास्थ्य केन्द्र फेरि डाक्टरविहिन हुँदा केन्द्रमा रहेका एक्सरे, इसिजी लगायतका मेसिनहरु प्रयोगविहिन भएका छन्।

 

कमेन्ट लोड गर्नुस