धनगढीमा बिहिवार थपिएका संक्रमित मध्ये २५ जना स्थानीय, कुन वडाका कति ?
धनगढी–धनगढी उप–महानगरपालिकामा बिहिवार थप २७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।
सेती प्रादेशिक अस्पतालले विज्ञप्तीमा २८ जनामा संक्रमण पुष्टि भएको बताए पनि उप–महानगरपालिकाले नयाँ संक्रमित २७ मात्रै रहेको जनाएको छ।
२७ संक्रमित मध्ये वडा नम्वर ५ का २० जना, वडा नम्वर १ का चार जना, वडा नम्वर ६ का दुई जना र वडा नम्वर ३ का एक जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। उनीहरुमध्ये २५ जनाको ट्राभल हिस्ट्री नभेटिएको उनले बताए।