डडेल्धुरामा आमाको मृत्युपछि आत्मदाह प्रयास गरेका पुरुषको मृत्यु
डडेल्धुरा– जिल्लामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको मृत्यु भएको छ। आफ्नो शरिरमा आगो लगाएर आत्मदाह प्रयास गरेका परशुराम नगरपालिका–११ सलेताका ४५ वर्षीय जयानन्द भट्टको उपचारका क्रममा मृत्य भएको हो।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनकबहादुर मल्लका अनुसार उनले भदौ १३ गते आफ्नो शरिरमा आगो लगाएका थिए। उनमा मानसिक समस्या रहेको बुझिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए।
उनको जोगबुडा अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको उनले बताए। आमाको किरिया बसिरहेका उनी बीचमै किरिया छोडेर आफ्नो शरिरमा आगो लगाएको बुझिएको मल्लले जानकारी दिए।
उनकी आमाको ११ गते मृत्यु भएको थियो। घटनाबारे थप अनुसन्धना भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।