धनगढीमा ३४ प्रतिशत संक्रमित स्थानीय
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ५७ पुगेको छ। प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा बुधवार सम्म दुई सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।
उनीहरु मध्ये ८७ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। जुन कुल संक्रमितको ३४ प्रतिशत हो।
जनस्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ। बधुवार मात्र ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८ जनाकै ट्राभल हिस्ट्री देखिएको छैन्। वडा नम्वर ५ का सात जना र वडा नम्वर ४ का एक जनाको ट्राभल हिस्ट्री नदेखिएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।
ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ।
उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ। वडा नम्वर १ मा नौँ महिला र १८ पुरुष गरी २७ जना, वडा नम्बर २ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर ३ मा ६ महिला र १५ पुरुष गरी २१ जना, वडा नम्बर ४ मा सात महिला र ११ पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको छ।
वडा नम्बर ५ मा १८ महिला र १८ पुरुष गरी ३६ जना, वडा नम्बर ६ मा चार पुरुष र एक महिला गरी पाँच जना, वडा नम्बर ७ मा पाँच महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उप–महानगरपालिकाले जनाएको छ।
वडा नम्बर ८ मा तीन महिला र चार पुरुष गरी सात जना, वडा नम्बर ९ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर १० मा तीन पुरुष, वडा नम्बर ११ मा तीन महिला र पाँच पुरुष गरी आँठ जना संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ।
यस्तै वडा नम्बर १२ मा १४ महिला र २४ पुरुष गरी ३८ जना, वडा नम्बर १३ मा ४ पुरुष, वडा नम्बर १४ मा १२ महिला र १३ पुरुष गरी २५ जना, वडा नम्बर १५ मा दुई महिला र चार पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ।
वडा नम्बर १६ मा तीन पुरुष, वडा नम्बर १७ मा एक महिला, वडा नम्बर १८ मा आँठ महिला र १० पुरुष गरी १८ जना र वडा नम्बर १९ मा चार महिला र तीन पुरुष गरी सात जनामा संक्रमण पुष्टि भएको छ।