सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खुकुरी प्रहार गर्ने युवक १२ वर्षपछि पक्राउ

२०७७ भदौ १७, ०६:५५ खबर संवाददाता

धनगढी : कैलालीमा खुकुरी प्रहार गरी घाईते बनाउने युवकलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले २०६५ सालको चैत २८ गते जिल्लाको   साविक मनुवा गाविस २ का धनबहादुर चौधरीलाई खुकुरी प्रहार गरी घाईते बनाउने ३३ वर्षीय धन शाहीलाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले खुकुरी प्रहार गरी घटनास्थलबाटै फरार शाहीलाई मंगलबार पक्राउ गरी जिल्ला अदालत पेश गरिएको बताए।

उनलाई जिल्ला अदालतले २०७१ साल जेठ २७ गते पाँच वर्ष कैद सजाय सुनाएको थियो। 
 
 

कमेन्ट लोड गर्नुस