धनगढीमा एउटै वडाका ८ सहित थप ९ जनामा कोरोना पुष्टि
धनगढी– बुधवार धनगढीमा थप नौँ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका नौँ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का मात्रै ८ जनामा संक्रमण पुष्टि भएको छ। उनले ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ६२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ। प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा बुधवार सम्म दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको हो।
उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ। वडा नम्वर १ मा नौँ महिला र १८ पुरुष गरी २७ जना, वडा नम्बर २ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर ३ मा ६ महिला र १५ पुरुष गरी २१ जना, वडा नम्बर ४ मा सात महिला र ११ पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको छ।
वडा नम्बर ५ मा १८ महिला र १८ पुरुष गरी ३६ जना, वडा नम्बर ६ मा चार पुरुष र एक महिला गरी पाँच जना, वडा नम्बर ७ मा पाँच महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उप–महानगरपालिकाले जनाएको छ।
वडा नम्बर ८ मा तीन महिला र चार पुरुष गरी सात जना, वडा नम्बर ९ मा तीन महिला र ६ पुरुष गरी नौँ जना, वडा नम्बर १० मा तीन पुरुष, वडा नम्बर ११ मा तीन महिला र पाँच पुरुष गरी आँठ जना संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ।
यस्तै वडा नम्बर १२ मा १४ महिला र २४ पुरुष गरी ३८ जना, वडा नम्बर १३ मा ४ पुरुष, वडा नम्बर १४ मा १२ महिला र १३ पुरुष गरी २५ जना, वडा नम्बर १५ मा दुई महिला र चार पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ।
वडा नम्बर १६ मा तीन पुरुष, वडा नम्बर १७ मा एक महिला, वडा नम्बर १८ मा आँठ महिला र १० पुरुष गरी १८ जना र वडा नम्बर १९ मा चार महिला र तीन पुरुष गरी सात जनामा संक्रमण पुष्टि भएको छ।