सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा हँसिया प्रहार गरी श्रीमतीको हत्या

२०७७ भदौ १७, ०३:४२ खबर संवाददाता

साँफेबगर– अछाम जिल्लामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको साँफेवगर नगरपालिका वडा नम्वर १३ बाब्लामा हँसिया प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा ५२ बर्षीय दिपक कुँवरलाई पक्राउ गरिएको हो। उनलाई ४६ वर्षीया धनादेवी कुँवरको हत्या गरेको आरोप लागेको छ। 

घरायसी विवादका कारण गोठालो गएका बेला हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस