सुदूर नेपाललाई विश्वसँग जोड्दै

लामो समयपछि कालोपत्रे हुँदैछन् डडेल्धुराका दुई सडक

२०७७ भदौ १५, ०३:२९ खबर संवाददाता

डडेल्धुरा: ट्रयाक खोलेको झण्डै तीन दशकपछि डडेल्धुराका दुई ओटा सडक कालोपत्रे हुने भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको गौरव आयोजनाअन्तर्गत कञ्चनपुरको दैजीदेखि बझाङको देउरा जोड्ने सडकको पोखरा–बेलापुर र उग्रतारा–मेलौली सडक खण्ड अन्तर्गत समैजीदेखि भद्रपुरसम्मको सडक कालोपत्रे हुने भएको हो।  

पोखरा–बेलापुर सडक २० करोड ४८ लाख ८५ हजार लागत र उग्रतारा मेलौली सडक २० करोड १२ लाख ३२ हजार लागतमा केएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ। दुवै सडक १०/१० किलोमिटर कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए। २०७७ असार २८ गते सम्झौता भएको सडक २०८० असार २७ गते सम्पन्न गरी सक्नुपर्ने छ। 

आइतबार सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले दुबै सडकको शिलान्यास गरेका छन्।  

दुवै सडक कालोपत्रे हुने भएपछि दुवै त्यहाँका स्थानीय खुसी भएका छन्। कच्ची सडकका कारण विशेषगरी गर्दा गर्भवती तथा विरामीले सास्ती झेल्दै आइरहेका थिए। सडक कालोपत्रे भएपछि ग्रामीण क्षेत्रमा कृषकले उत्पादन गर्ने वस्तुले पनि राम्रो बजार भाउ पाउने विश्वास गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस