सुदूर नेपाललाई विश्वसँग जोड्दै

नातिनीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७७ भदौ ११, १२:५८ खबर संवाददाता

धनगढी : धनगढीको मानव सेव आश्रमलाई जन्म दिनको अवसरमा सहयोग गरिएको छ। वडा नम्बर ४ रातोपुलमा रहेको डि एस ट्रेडर्सका सञ्चालक श्यामकृष्ण खतिवडाले आफ्नो नातिनीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका हुन्।

नातिनी श्रेयभी कुँवरको आज परेको जन्ममदिनको अवसरमा बिहानको भोजनसंगै नगद २५ सय रुंपैँया सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ। भोजन खुवाउने कार्यक्रममा श्रेयभी कुँवरकी आमा सर्मिला खतिवडा, माईजु शशी सापकोटा र सिद्धराज पनेरुको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस