धनगढीको एक अटो मर्मत सेन्टर तथा सप्लायर्समा आगलागी
धनगढीः धनगढीको एक अटो मर्मत सेन्टर तथा सप्लायर्समा आगलागी भएको छ।
धनगढी–४ बोराडाँडी बस्ने तारा देवी गरतौलाले संचालन गरेको सिघादेवी अटो मर्मत सेन्टर तथा सप्लायर्समा गएराति विद्युतको तार सट भई आगलागी भएको हो। आगलागी हुँदा दुई वटा सटरभित्र रहेका चार पाङ्ग्रे सवारी साधनहरूको ईन्जिन, वायरिङ्ग लगायतका समान जलेर नष्ट भएका छन्। आगलागीबाट १ करोड बराबरको क्षति भएको पसल सञ्चालकले बताएकी छिन् भने जिल्ला प्रहरी कार्यालय कैलालीले भने क्षतिको विवरण आउन बाँकि रहेको जनाएको छ। स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो।