धनगढीमा ५ जना थपिएसँगै ‘ट्राभल हिस्ट्री’ नभएका संक्रमितको संख्या ४० पुग्यो
धनगढी : धनगढीमा मंगलबार ७ जनामा कोरोना पुष्टि भएकोमा पाँच जना स्थानीय संक्रमित रहेको खुलेको छ।
सेती प्रादेशिक अस्पतालका अनुसार पाँच जनाको बाह्य ट्राभल हिस्ट्री छैन्। संक्रमित मध्ये वडा नम्बर ५ का ४९ वर्षीय पुरुष कतारबाट आएका हुन् भने वडा नम्बर २ का २० वर्षीय पुरुष भारतबाट आएका हुन्।
अन्य पाँच संक्रमितको ट्राभल हिस्ट्री नभेटिएको हो। वडा नम्बर १ का चार जना सेती प्रादेशिक अस्पतालका विभिन्न तहका स्वास्थ्यकर्मी हुन्।
यस्तै वडा नम्बर ५ का २८ वर्षीय पुरुष धनगढी संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्ति हुन्।
योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय दुई पुगेको छ भने ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या ४० पुगेको छ।
संक्रमण देखिएका एक सय ३७ जनाले भने कोरोना जितिसकेका छन् भने एक जनाको मृत्यु भएको छ।