डडेल्धुराका थप एक जनामा कोरोना पुष्टि
२०७७ भदौ ६, ०१:१९
धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले गन्यापधुरा गाउँपालिका –१ का एक जनामा कोरोना पुष्टि भएको बताए।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ। अन्य सबैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ।
कमेन्ट लोड गर्नुस