अछामका बाढी पीडितलाई सुदूरपश्चिमेली नेपाली समाजको सहयोग
धनगढीः अछामका बाढी पीडितलाई सुदूरपश्चिमेली नेपाली समाजले सहयोग गरेको छ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर५ को सैनि बजारमा मंगलबार रातिको अविरल वर्षासँगै आएको बाढीले विस्थापित भएका परिवारलाई विभिन्न देशमा रहेका सुदुरपश्चिमेली नेपाली समाजका शाखाहरुले संयुक्त रुपमा सहयोग गरेका हुन्।
समाजको आपतकालीन राहत कोष मार्फत खाद्यान्न लगायतका सामग्री सहयोग गरिएको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए। विस्थापित परिवारलाई खाद्यान्नमा दाल, चामल तेल नुन लगायत सामाग्रीहरु हस्तान्तरण गरिएको उनले बताए।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल लगायतको उपस्थितीमा आयोजित औपचारिक कार्यक्रमकाबीच सहयोग सामाग्री हस्तान्तरण गरिएको सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए।
विस्थापीतहरुलाई सुदूरपश्चिमेली नेपाली समाजद भारत,ईजरायल,अमेरिका,मलेसिया,क्यानडा,पोर्चुगल,कोरिया,बहराइन,जापान,मकाउ,साउदी,अरबिया,युएई,अस्ट्रेलिया,कुबेत,कतार,डेनमार्क,युरोप लगायतका शाखाहरुले सहयोग गरेको समाजको प्रचार–प्रसार विभाग प्रमुख एवं दक्षिण एसिया संयोजक दिनेश खड्का ’खप्तडी’ले जानकारी दिए।