सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री थापासहितको टोलीद्धारा अछामको बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण

२०७७ भदौ ५, ०६:०२ खबर संवाददाता

धनगढी : गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोलीले अछामको बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षक गरेको छ।

गत मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठुलो जनधनको क्षती गरेपछि त्यहाँ पुगेका गृह मन्त्री थापा सहितको टोलीले स्थलगत निरिक्षण गरेको हो। बाढीले वेपत्ता भएकाहरुका परिवारसँग समेत गृहमन्त्री थापाले भेटघाट गरेका छन्।

उनले बाढीले बगाएर हराइरहेकाहरुको खोजीमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिदै पीडित परिवारलाई उचित राहत र क्षतीपुर्तिको व्यवस्था गरिने बताएका छन्।

नेपाली सेनाको हेलिकप्टर मार्फत अछाम पुगेका गृहमन्त्री थापासँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पूर्व मन्त्री भीम रावल पनि प्रभावित क्षेत्र पुगेका छन्।

अछाममा कैलाश खोलाले बगाएका १७ मध्ये ६ जनाको मात्रै शव भेटिएको छ। ११ जनाको खोजी कार्य जारी राखिएको स्थानीय प्रशासनले जनाएको छ।   
 

कमेन्ट लोड गर्नुस