सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘ट्राभल हिस्ट्री’ नभएका थप तीन जनामा कोरोना पुष्टि

२०७७ भदौ ५, ११:५७ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकामा बाह्य ट्राभल हिस्ट्री नभएका थप तीन जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

बिहिवार धनगढीका ३० जनामा संक्रमण पुष्टि भएकोमा तीन जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको हो। वडा नम्वर ३, ४ र १४ का एक÷एक जना संक्रमितको ट्राभल हिस्ट्री नदेखिएको उप–महानगरपालिकाले जनाएको छ। 

वडा नम्वर १४ की संक्रमित भने सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वीपर हुन्। यस्तै वडा नम्वर ४ का संक्रमितले धनगढीमै उद्योग सञ्चालन गरेका छन् भने वडा नम्वर ३ का संक्रमित अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

वडा अध्यक्ष बलवहादुर ऐरले संक्रमितले गलत नम्वर दिएका कारण सम्पर्कमा ल्याउन समस्या भईरहेको बताए। योसंगै धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या १८ पुगेको छ।

कमेन्ट लोड गर्नुस