सेती अस्पतालमा कार्यरत स्वीपरमा देखियो कोरोना
२०७७ भदौ ५, ११:४६
धनगढी : सेती प्रादेशिक अस्पतालमा कार्यरत एक जना स्वीपरमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४२ बर्षीया स्वीपर (महिला) मा संक्रमण पुष्टि भएको हो।
अस्पतालले उनको सम्पर्कमा आएका अन्य व्यक्तिलाई समेत आईसोलेसनमा राख्दै कोरोना परीक्षण गर्ने जनाएको छ। संक्रमित महिला धनगढी उप–महानगरपालिका वडा नम्वर १४ की स्थानीय हुन्।
कमेन्ट लोड गर्नुस