कैलालीमा नगरपालिकाका तीन कर्मचारीमा देखियो कोरोना
धनगढी : कैलालीमा एक नगरपालिकाका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिकामा कार्यरत तीन जना संक्रमण देखिएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज घोडाघोडीका १० जनामा संक्रमण देखिएकोमा तीन जना कर्मचारी रहेको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य शाखा र योजना शाखामा कार्यरत एक/एक जना कर्मचारी र एक जना चालकमा कोरोना पुष्टि भएको छ।