धनगढीमा जवानमा कोरोना देखिएपछि अस्थायी प्रहरी पोष्ट ‘सिल’
धनगढीः धनगढीमा जवानमा कोरोना देखिएपछि अस्थायी प्रहरी पोष्ट सिल गरिएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को बिशालनगरमा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत जवानमा कोरोना पुष्टि भएपछि सिल गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले अस्थायी प्रहरी पोष्टमा कार्यरत जवानमा कोरोना देखिएपछि सिल गरिएको जानकारी दिए।
उनले पोष्टमा कार्यरत अन्य १० जना सुरक्षाकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको बताउँदै सबैको कोरोना परीक्षण गरिने बताए।
यसअघि बीहिबार मात्र जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा समेत कोरोना पुष्टि भएको थियो।
उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको छ।