सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट भारत पठाईदिन्छु भन्दै रकम असुल्ने पक्राउ

२०७७ साउन ३०, ०५:१२ खबर संवाददाता

धनगढीः कैलालीको त्रिनगर भन्सार नाकाबाट भारत पठाईदिन्छु भन्दै रकम असुलेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले सीमानाकाबाट भारत पठाईदिने भन्दै रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा बझाङको खप्तडछान्ना गाउँपालिका घर भई धनगढी बस्दै आएका माईकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस