सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियार कञ्चनपुरमा कार्यरत कर्मचारीमा देखियो कोरोना

२०७७ साउन २९, ०२:५७ खबर संवाददाता

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ।

झापाबाट काठमाडौँ र त्यहाँ बाट महेन्द्रनगर आएका उनमा कोरोना पुष्टि भएको हो। उनको स्वाब संकलन झापामै भएको थियो। बुटवल पुग्दा संक्रमण पुष्टि भएको खवर पाएपछि उनलाई सिधै महाकाली अस्पतालमा लगिएको थियो। 

उनलाई अहिले महाकाली अस्पतालको आईसोलेसनमा राखिएको अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र प्रशाद रिजालले जानकारी दिए।

‘संक्रमितको सम्कर्पमा आएका व्यक्तिको परीक्षण भएको छ,’ उनले भने, ‘कञ्चनपुर कार्यालयमा रहेका अन्य कर्मचारीको स्वाव संकलन गर्ने समेत तयारी छ।’
 

कमेन्ट लोड गर्नुस