धनगढीको सीमा प्रहरी चौकीमा तनाव
धनगढी : कैलालीमा प्रहरी चौकीभित्र पुरुष मृत भेटिएको घटनाको अनुसन्धानको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।
मंगलबार राती धनगढी उप–महानगरपालिका १४ फुलबारीमा सीमा प्रहरी चौकी बहुलियाले पक्राउ गरेका अमबरहादुर चन्दको मृत्यु भएपछि उनका आफन्त र स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
स्थानीयले चन्दको हत्या भएको र संलग्न्लाई कारवाहीको माग गरेका छन्। उनीहरुले सीमा प्रहरी चौकी घेराउ गरेका छन् भने प्रहरीकाविरुद्ध नारावाजी समेत गरेका छन्।
चन्द चौकीको शौचालयमा लडेको अवस्थामा भेटिएको प्रहरीले बताउँदै आएको छ। तर चन्द घाटी रेटिएको अवस्थामा भेटिएको भन्दै परिवारले प्रहरीको भूमिकामाथि आशंका गरेका छन्।
यस्तै उक्त घटनाको अनुसन्धान गर्न प्रहरी उपरिक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ।
सु.प. सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक (एसपी) राजिप बस्नेतको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न छानविन समिति गठन गरिएको हो।