सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया सडकमा भएको दुर्घटनामा ज्यान गुमाएका पुरुषको सनाखत

२०७७ साउन २९, ११:५७ खबर संवाददाता

धनगढी : धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टका अनुसार मोटरसाईकल दुर्घटनामा परी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर ८ का खेम साकीको मृत्यु भएको हो।

गएराति से ६ प ३३८९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिकाको गेटा नजिक दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

६ लेन सडकबाट गेटा मेडिकल जाने बाटो नजिकै दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस