कैलालीमा पनि सवारी पास वितरण बन्द, अत्यावश्यक सेवाका गाडी नरोकिने
धनगढीः गृह मन्त्रालयको निर्देशनपछि कैलालीमा पनि सवारी पास वितरण बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले गृह मन्त्रालयको निर्देशनपछि आजैदेखि सबै प्रकारका सवारी पास वितरण बन्द गरिएको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सवारी पास बन्द गरेर अन्य जिल्लासँग जोडिएका सीमामा चेकजाँचमा कडाई गरिएको बताए।
उनले गृह मन्त्रालयको निर्देशनको उल्लङ्घन गर्दै चलाईने सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरिने बताए। तर अत्यावश्यक सेवाका सवारी साधनलाई भने नरोकिने प्रजिअ बोहराले बताए।
‘पास गराउनु नपर्ने अत्यावश्यक सेवाका सवारी साधनलाई चल्न दिईनेछ।’ उनले भने, ‘तर जिल्ला भित्र भने जुनसुकै किसिमका सवारी साधन चलाउन पाईन्छ।’
यो सँगै अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई जिल्ला प्रवेश र बाहिरिनमा रोक लगाईने भएको छ।
यसअघि एक जिल्लाबाट अर्को जिल्ला जान स्थानीय प्रशासनबाट सवारी पास लिनुपर्ने व्यवस्था गरिएको थियो।